अमेरिकामा बन्दुकधारीले कारसन शहरको एक रेष्टुरेण्टमा अन्धाधुन्ध गोली हान्दा तिन जनाको मृत्यु

अमेरिकामा बन्दुकधारीले नभाला राज्यको कारसन शहरको एक रेष्टुरेण्टमा अन्धाधुन्ध गोली हान्दा तिन जनाको मृत्यु भएको छ ।

 

मारिनेमा नेशनल गार्डस्म्यानका कर्मचारीहरु रहेको बताइएको छ । घटनामा सात भन्दा बढी गार्ड घाइते भएका छन् । ३२ वर्षिय बन्धुकधारी इडुआर्डो सेन्सिवनले रेष्टुरेण्ट छिर्नु अघि मोटरसाइकलमा रहेको मानिसलाई गोली हानेको थियो । रेण्टुरेण्टमा अन्धाधुन्धी गोली हानेर फर्किए पछि सेन्सिवनले आफैलाई गोली हानेको र उसको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले नेशनल गार्डका कर्मचारीमाथि नै आक्रमण गर्नुको कारण खुल्न नसकेको बताएको छ । अमेरिकामा यस्ता गोलीकाण्डका घटना बारम्बार हुने गरेका छन् ।