पाकिस्तानी दक्षिण पश्चिमी भागमा पर्ने क्वेटा शहरमा आज दुईवटा आत्मघाती विस्फोट उत्पन्न भएका र त्यसमा परी कम्तीमा बीसजनाको ज्यान जानुका साथै अन्य चवालीसजना घाइते भएका छन्।
पाकिस्तानी प्रहरीका अनुसार, एकजना आत्मघाती हमलाकारीले आजै क्वेटा शहरको सीमारक्षक सेनाका उप निर्देशकको आबासभवन अगाडि मोटर बम विष्फोट गरेका थिए । त्यसपछि अर्को विस्फोटकारीले त्यसै भवनमा आफ्नो शरीरमा बाँधिएको बम पड्काएको थियो। ती उप निर्देशककी श्रीमती तथा दुईजना युवकको त्यस आक्रमणमा ज्यान गएको छ।
उक्त दुईवटा आत्मघाती आक्रमण आतंकवादी तत्वहरूले “अल काइदा”संगठनका नेता युनिस अल माउरितानीलाई यस हप्तामा पाकिस्तानी सेनाद्बारा पक्राउ गरिएकोमा सेनालाई बदला दिनका लागि चलाएका हुन्।