अमेरिका तथा युरोपेली पदाधिकारीले प्यालेष्टाइनलाई संयुक्त राष्ट्र संघको सदस्य मुलुकको हैसियत प्राप्त गर्ने प्रयासलाई त्याग गराउनका लागि हालै निरन्तर प्यालेष्टाइनलाई दवाव दिएको छ। तर प्यालेष्टाइनी पक्षले आफ्नो अडान कायम राखेको छ।
यसअघि मध्यपूर्व समस्याबारेको चार पक्षका विशेषदूतले कूटनैतिक तरिकामार्फत राष्ट्र संघमा प्यालेष्टाइनको सहभागिताबारेको अडानलाई बाध्य भएर त्याग गराएको थियो। तर प्यालेष्टाइनका सम्बन्धित व्यक्तिले हिजो बोल्दै हालसम्म पश्चिमी पक्षको कुटनैतिक प्रयासले शान्तिवार्ता पुनःसुरु गराउनसक्ने सहमतिको मसौदा ल्याएको छैन भन्ने जनाएको छ। प्यालेष्टाइनले राष्ट्र संघद्बारा स्वीकृत कार्यलाई जारी अघि बढाउनेछ।