अर्घाखाँचीमा बृहत योग विज्ञान शिविर हुने

– हरिप्रसाद भुसाल

 

भदौ २३ अर्घाखांची  । नेपाल उद्योग वाण्ज्यि संघ अर्घाखाँचीको आयोजनामा अर्घाखांची जिल्लाको सदरमुकाम सन्धिखर्कमा बृहत योग विज्ञान शिविरको आयोजना हुने भएको छ । असोज १ देखी ७ गतेसम्म सन्धिखर्कको टुडिखेलमा विहान शिविर सचालन हुने आयोजकले जनाएको छ । शिविरमा सहभागि हुन उद्योग वाणिज्य संघले सबैमा आग्रह गरेको छ ।


शिविर सफल पार्नका लागि आज सन्धिखर्कमा आयोजित छलफल कार्यक्रमबाट उद्योग वाण्ज्यि संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय मूल आयोजक कमिटीको समेत गठन गरिएको छ । साथै जिल्ला अस्पतालका प्रमुख ऋषि प्रसाद अधिकारीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरिएको छ । साथै विभिन्न उपसमितिहरुको समेत गठन गरिने आयोजकले जनाएको छ ।

 

शिविर जिल्ला विकास समिति अर्घाखांची र पतन्जली योग विज्ञान शिविरको सह आयोजनामा सम्पन्न हुन थालेको हो ।


शिविरमा एक हजार देखी बाह्र सय जनाले प्रशिक्षण लिने अपेक्षा आयोजकहरुले गरेका छन् ।




 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.