२००१ सेप्टेम्बर ११: अमेरिकाको न्युयोर्कमा भएको आतंकबादी हमलाको दश बर्ष
भाद्र २५ गते, २०६८ मा प्रकाशित
अमेरिकाको आन्तरिक सुरक्षा विभागले न्युयोर्क र वाशिङ्टन शहरमा आतंकबादी हमलाको खतरा रहेको जनाएको छ। सेप्टेम्बर ११ को आतंकबादी हमलाको दशबर्षको पूर्व सन्ध्यामा आतंकबादी हमलाका घटना हुनसक्ने खतरा औंल्याउँदै विभागले सतर्कता अपनाउन सबैलाई आग्रह गरको छ।
हालै मात्र अमेरिकी नागरिकसहित तीन जना संदिग्ध ब्यक्ति आतंकबादी हमलाको तयारीमा रहेको खुलासा भएको थियो। यसअघि गत मे मा पाकिस्तानमा ओसामा बिन लादेनको हत्यापछि फेला परेको कागजातमा पनि सेप्टेम्बर ११ को हमलाको दश बर्षको पूर्व सन्ध्यामा आतंकबादी हमला गर्ने योजना रहेको फेला परेको थियो। हमलालाई ध्यानमा राखी न्युयोर्क र वाशिङ्टनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
अमेरिकामा भएको आतंकबादी हमलाको नयाँ अडियो टेप सार्वजनिक
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको आतंकबादी हमलाको नयाँ अडियो टेप सार्वजनिक भएको छ। अडियो टेपमा अमेरिकी सैन्य अधिकारी र अन्य अधिकारीहरुको आवाज रहेको बुझिएको छ।
अडियोमा बिमानमा सवार एक यात्रुले मदतका लागि आफना आफन्तलार्ई गुहारेको र सो घटनाका अभियुक्त मोहमद अताले बिमानामा सवार सबैजनालाई अपहरणमा परेको जानकारी दिदै चुपचाप यथास्थानमा बस्न चेतावनी दिएको र चेतावनी संगसंगै बिमान अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा ठोक्किएको आवाज पनि अडियोमा सुनिएको छ। हालै सार्वजनिक भएको अडियो टेप सेप्टेम्बर ११ को आतंकबादी हमलाको छानबीन आयोगका लागि तयार पारिएको हो।