संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्समक्ष औपचारिक सदस्य मुलुक बन्ने प्यालेस्टायनी अनुरोध अमेरिकाले अस्वीकार गर्ने कुरा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले आठ तारिख बताउनुभएको छ।
नियमित पत्रकार सम्मेलनमा प्यालेस्टाइनले संयुक्त राष्ट्र संघद्बारा स्वतन्त्र राष्ट्र स्थापना गर्नखोज्ने गतिविधिलाई अमेरिकाले अस्वीकार गर्नुका साथै वार्ताद्बारा मात्र राष्ट्र स्थापना गर्नुपर्ने ठहर लिएको कुरा प्रवक्ताले व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, यदि सुरक्षा परिषदले यस विषयबारे चुनाव गरेमा अमेरिकाले विपक्षमा मतदान गर्नेछ।
केही समयदेखि यता प्यालेस्टाइनमाथि दवाव दिनका लागि ओबामा सरकारले कुटनैतिक प्रयास गरिरहेको छ।