पाकिस्तानमा हालै आएको बाढीका कारण घरबारबिहीन भएकाहरुलाई आर्थिक सहयोगका लागि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री युसुफ रजा गिलानीले पाकिस्तानका करीब ४० लाख जनता बाढीले गर्दा घरबारबिहीन बनेकाले उनीहरुलाई सहयोग गर्न अपील गर्नुभएको हो । राष्ट्रको नाममा सम्बोधन गर्दै गिलानीले वाडी पिडीतका लागि पाकिस्तान सरकारले चार हजार अस्थायी शिविर निर्माण गरेकोमा त्यहाँ एक लाख बाढीपिडीतहरुलाई राहत पुगेतापनि अन्यका लागि सो शिविर अपुग भएकोले सहायताको अपील गरेको बताउनुभएको छ ।
यसअघि राष्ट्रपति आसिफ जरदारीले बाढीपिडीतका लागि संयुक्त राष्ट्रसंघसंग अपील गर्नुभएको थियो । पाकिस्तानको सिंघ प्रान्तमा हालै आएको बाढीले कम्तीमा १७० जनाको मृत्यु भएको थियो ।