मेक्सिकोका राष्ट्रपति तथा दलाईबीच भेट भएकोमा चीनको कडा विरोध

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा चाउ स्युले आज मेक्सिकोका राष्ट्रपति फेलिप काल्डेरोन तथा दलाईबीच भेट भएको कुराबारे सम्बोधन गर्दै चीनले कडा शब्दमा त्यसको असन्तुष्टि व्यक्त गर्दै र विरोध गरेको बताउनुभयो।

 

चीनको परराष्ट्र मन्त्रालय र मेक्सिकोका लागि चिनियाँ राजदूताबासले बेग्लाबेग्लै गरी पैचिङ्ग तथा मेक्सिको शहरमा मेक्सिकोसमक्ष गम्भीर रुपमा कुरा उठाइसकेको कुरा पनि प्रवक्ताले औंल्याउनुभयो।

 

प्रवक्ताका अनुसार, मेक्सिकोले चीन पक्षका धेरैपटकको कुराकानी र दृढ विरोधको वास्ता नगरी जथाभावी रुपमा नौ तारिखका दिन राष्ट्रपति काल्डेरोन तथा दलाईबीचको भेटको मिति तोकेको थियो।

 

त्यस कुरा चीनको आन्तरिक मामिलाको विशाल हस्तक्षेप हो। त्यस कुराबाट चिनियाँ जनताको भावनामा चोट लागेको तथा दुई देशबीचको सम्बन्धमा पनि आघात पुर्‍याइएको छ।

तिब्बत मामिला चीनको आन्तरिक मामिला हो भन्दै प्रवक्ता माले कदम चालेर नकारात्मक असरलाई मेटाउनुका साथै वास्तविक गतिबिधिमार्फत दुई देशबीचको सम्बन्धलाई स्वस्थ रुपमा विकसित पार्दैजाने आग्रह पनि मेक्सिकोसमक्ष प्रस्तुत गर्नुभयो।