लिबियाको बेनघाजी शहरमा बसेर कर्णेल गद्दाफीबिरुद्ध बिद्रोहको नेतृत्व गरिरहेका नेता मुस्तफा अब्दुल जलील राजधानी ट्रिपोली पुगेका छन् ।
लिबियाली बिद्रोही संगठन नेशनल ट्रानजिशनल काउन्सिल प्रमुख जलील राजधानी ट्रिपोली पुग्दा हजारौं जनताले भव्य स्वागत गरेका छन् । तर जलील स्थायी रुपमा ट्रिपोलीमा रहन्छन वा रहंदैनन् भन्ने बारे केही खुलाइएको छैन । कुनै बेला कर्णेल गद्दाफीको शासनकालमा न्याय मन्त्री रहेका जलीलले अहिले गद्दाफीबिरुद्ध बिद्रोहको नेतृत्व गरिरहेका छन् ।
लिबियाको स्थितीबारे अन्तर्राष्ट्रिय समुदायसंग मुख्य वार्ताकारको भूमिका समेत निर्वाह गर्दै आएका जलीलले नै हाललाई लिबियाको स्थिती सम्हाल्ने बताईको छ । तर कर्णेल गद्दाफी कहाँ र कुन अवस्थामा छन् भन्नेबारे अझै केहि खुलेका छैन ।