अर्घाखाँचीमा बिपि ९८ औ बिपि जयन्ति मनाईयो

– प्रेमनारायण आचार्य

यूएई डेस्क- अर्घाखाँची  २५ भदौ – नेपाली काग्रेस अर्घाखाँचीका कोषाध्यक्ष हरिबहादुर खड्काले नेपाली काग्रेसले बिपिको सिद्धान्तलाई अंगीकार गर्न नसकेेको बताउनु भएको छ ।
 
उहाले बिपिले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजबादलाई अंगीकार गरे देशले छिटै निकास पाउने  बताउदै अर्घाखाँचीको बिकास निर्माणमा काग्रेसको भुमिका महत्वपूर्ण  रहेको बताउनु भयो ।

९८ औ बिपि जयन्तिको अबसरमा नेपाली काग्रेस सन्धिखर्क गाँउ कार्य समितिले बिपि स्मृति भबन सन्धिखर्कमा गरेको अन्तरकृया कार्यक्रममा काग्रेस नेता खड्काले यस्तो बताउनु भएको हो ।


कार्यक्रममा सन्धिखर्क गाँउ कार्य समितिका सभापति नेत्रप्रसाद भटर्राईले काग्रेस बिनाको नँया नेपालको परिकल्पना कसैले पनि गर्न नसक्ने बताउनु भयो ।


कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य लक्ष्मी श्रेष्ठ, महाधिबेसन प्रतिनिधि कमल बिक , भुपु सैनिक संघका केन्द्रिय सदस्य रामबहादुर परियार, किसान संघका शम्भु केसी, दलित संघका मणिराम परियार, पत्रकार महासंघका सचिब प्रेमनारायण आचार्य, लागयतले मन्तब्य राखेका थिए ।


कार्यक्रम नेत्रप्रसाद भटर्राईको सभापतित्व , प्रदिप भण्डारीको संचालन , र बाबुराम पन्थिको स्वागत मन्तब्यमा सम्पन्न भएको हो।