सेप्टेम्बर एघार घटना भएको दशौं शोक दिवस कार्यक्रम अमेरिकामा आयोजित
भाद्र २६ गते, २०६८ मा प्रकाशित
सेप्टेम्बर एघार आतंकबादी प्रहार भएको दशौं शोक दिवसको अवसरमा अमेरिकाका विभिन्न क्षेत्रले सम्बद्ध स्मरण कार्यक्रमको आयोजना गरेका छन। अमेरिकी राष्ट्रपति बाराक ओबामा लगायतका राजनीतिज्ञले दश तारिखका दिन विभिन्न कार्यक्रममा भाग लिनुभइ प्रहारमा मारिएकाहरुको सम्झना गर्नुभयो।
आरिङ्गटन राष्ट्रिय चिहानमा आयोजित सम्बद्ध कार्यक्रममा अमेरिकी राष्ट्रपति बराक ओबामाले वाइटह्वासका प्रवक्तामार्फत भन्दै प्रार्थना तथा मध्यरातसम्म बस्ने लगायतका विविध कार्यक्रमद्बारा मारिएकाहरुको सम्झना गर्ने आशा व्यक्त गर्नुभयो।
न्यूयोर्कको म्यान्हाटनमा पर्ने ब्याथरी पार्कमा पाँच हजार जनाले दश तारिख विहान मानिसको लाइन बनाएर वर्ड ट्रेड सेन्टरको भग्नावशेषतिर हेरेर मारिएकाहरुलाई सम्झना गरे। उक्त पार्कको मैदानमा घटनामा मारिएका तीन हजार जनाको प्रतिनिधित्व गर्ने तीन हजार वटा अमेरिकी राष्ट्रिय झण्डा राखियो।