इण्डोनेसियाले थाइल्याण्डको हिंसाग्रस्त दक्षिणी क्षेत्रको समस्या समाधानका लागि सहयोग गर्ने बचन दिएको छ । इन्डोनेसिया भ्रमणको क्रममा राजधानी जाकार्ता पुग्नुभएकी थाइल्याण्डकी प्रधानमन्त्री यिङलुक सिनावात्रासंगको वार्तामा इण्डोनेसियाली राष्ट्रपति सुशिलो बाम्बाङ योद्योयोनोले यस्तो बचन दिनुभएको हो ।
भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा इण्डोनेसियाली राष्ट्रपतिले आफू थाइल्याण्डको दक्षिणी क्षेत्रको द्वन्दको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्ने बताउनु भयो । थाइ प्रधानमन्त्री सिनावात्राले भने ब्यापार, क्षेत्रीय सुरक्षा लगायत द्विपक्षिय हितका विविध पक्षमा महत्वपूर्ण र फलदायी वार्ता भएको बताउनु भएको थियो ।