केन्यामा तेलको पाइपलाइन बिस्फोट हुँदा सय जनाको मृत्यु

केन्यामा तेलको पाइपलाइन बिस्फोट हुँदा सय जनाको मृत्यु भएको छ । राजधानी नैरोबीस्थित पाइपलाइनमा एक्कासी बिस्फोट भई आगलागी भएको बताइएको छ । आगलागीमा परी ८० भन्दा बढी ब्यक्ति घाइते भएका छन् । आगोमा परी जलेका केहीले संगैको नदीमा हामफाली ज्यान जोगाएका छन् ।

 

मृत्यु हुनेमा अधिकांश पाइप लाइनमा कार्यरत कामदार रहेको बताइएको छ । बिस्फोट हुनुको कारण पत्ता लागेको छैन भने घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालेका छन् ।