फ्रान्सको दक्षिणी क्षेत्र मारकोलमा रहेको परमाणु रियाक्टर विष्फोट, एक जनाको मृत्यु


 

फ्रान्सको दक्षिणी क्षेत्र मारकोलमा रहेको परमाणु रियाक्टर विष्फोट हुंदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । विष्फोटपछि रेडियो विकीरण भने नचुहिएको अधिकारीहरुले जनाएका छन् ।

 

रेडियोधर्मी फोहोरको गोदाम नजिक रहेको भट्टीमा आगो लागेका कारण विष्फोट भएको बताइएको छ । विकिरण फैलन सक्ने खतरालाई ध्यानमा राखी त्यस क्षेत्रलाई पूरै खाली गरिएको छ ।

 

यो संयन्त्रबाट परमाणु हतियारका लागि आवश्यक प्लूटोनियम रिसाइक्लिंग गरिन्छ । यहां एमओक्स इन्धन उत्पादन गरिन्थ्यो । परमाणु संयन्त्र बन्द भएपछि यस्ता संयन्त्र बढी महत्वपूर्ण मानिन्छ ।