सीटीईभीटीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रवेश परिक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । साउन १४, १५ र १८ मा लिएको परिक्षा लिएको थियो ।

 

परीक्षामा नर्सिङमा ८ हजार ८ सय ५७ ले दिएकोमा ५ हजार ५ सय १४ अथार्त ६२ दशमलम २५ प्रतिशत उतिर्ण भएका छन । इन्जिनियरिङ ५ हजार ३ सय ४० मा २ दुई हजार ३ सय ३५ जना उतिर्ण भएका छन ।

 

त्यस्तै फार्मेसी, एचए, ल्याब, रेडियोग्राफी, होमियोप्याथी, आयुरबेदमा ५ हजार ४ सय ७१ मा २ हजार ३ सय  ५१ जना उतिर्ण भएको सीटीईभीटीका परीक्षा नियन्त्रक रमेश बखतीले जानकारी दिए । 

 

त्यस्तै छात्रबृत्तिमा बिशेष र बर्गिकृत ४ हजार ६ सय ६ जनामा ३ हजार २ सय ८६ उतिर्ण भएका छन् । उतिर्ण भएका मध्येबाट अध्ययन गर्ने संस्थाको स्वीकृति कोटा बराबरको विद्यार्थीलाई असोज १० भित्र योग्यताक्रमअनुसार भर्ना लिन सीटीईभीटीले निर्देशन दिएको छ । पढाई तिहार पछि हुने बखतीले जानकारी दिए । नर्सिङ र छाबृतिको उत्तर पुस्तिका परिक्षण यस बर्ष कम्प्युटर प्रणालीबाट गरिएको थियो ।

 


 

– कान्तिपुर