बैंक अफ अमेरिकाद्धारा ३० हजार कर्मचारी कटौती गर्ने निर्णय


 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले रोजगारीको अवसर स्वरुप ४ सय ४७ अमेरिकी डलरको योजना अमेरिकी काँग्रेसमा पेश गरे लगत्ते बैंक अफ अमेरिकाले बिश्वभरका आफना कर्मचारी मध्ये ३० हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

 

सन् २००८ मा अमेरिकाको सम्पूर्ण बैंक छाएको आर्थिक मन्दीले बैंक अफ अमेरिकाले ठूलो नोक्सानी बेहोर्नु परेको थियो । आफनो खर्च कम गर्नका लागि कर्मचारी कटौती गर्न लागेको जनाउँदै बैंक अफ अमेरिकाले यसबाट कर्मचारीमा पर्न सक्ने असरप्रती क्षमायाचना पनि गरेको छ ।

 

सो बैंकले खर्च कटौतीका लागि आफनो १० प्रतिशत शेयर चाइना कंसट्रक्शनलाई बिक्री गरीसकेको छ । सो बैंकको आर्थिक स्थिती उकास्नका लागि अमेरिकी अरबपति वारेन बफेटले पनि लगानी गरेको बैंक अफ अमेरिकाले स्पष्ट पारेको छ ।

 

यता युरोपको शेयर बजारमा गिरावट आउने क्रम जारी छ । फ्रान्सका अधिकांश बैंकको शेयरमा पनि मन्दी छाएको छ भने सम्पूर्ण बैंकले क्रेडिट रेटिङमा कमी ल्याएको छ ।

 

बेलायतको शेयर बजार डेढ प्रतिशतले गिरावट आएको कारण शेयर बजार नै बन्द गरिएको छ ।