अर्घाखाँची काग्रेसमा विवाद भएपछि पदाधिकारी चयन हुन सकेन

अर्घाखाँची- नेपाली काग्रेसमा पदाधिकारी मनोनयमा विवाद भएपछि बैठक विना निष्कर्ष टुगिएको छ ।


अधिवेशन भएको एक वर्षपछि पदाधिकारी मनोनयनमा सभापतिले राखेको प्रस्तावलाई बैठकमा उपस्थित बहुमत सदस्यहरुले असहती जनाएपछि मनोनयन हुन नसकेको काग्रेसले जनाएको छ । जिल्ला कार्यसमितिमा उपसभापति सचिव र सह-सचिव एक-एक जना निर्वाचित सदस्यबाट मनोनयन गर्ने प्रवाधान छ ।


सभापति कमलप्रसाद भुसालले उपसभापतिमा हरिहर आचार्य र सचिवमा लोकेन्द्र विकलाई मनोनयन गर्न्रे भनि बैठकमा राखेको प्रस्तावलाई जिल्ला पदाधिकारी र अधिकाश सदस्यले अस्वीकार गरेपछि बैठक स्थगित भएको छ । पार्टीमा गरेको योगदान र मुल्याकंन नगरीकन नाम अगाडी सार्नु ठीक नभएको भन्दै असहमती जनाएको एक नेताले बताए । बहुमत सदस्यले अर्को विकल्प खोज्न आग्रह गरेका थिए ।


लामो समयसम्म बैठक बसेपनि सभापतिले ल्याएको प्रस्ताव अल्पमतमा परेकाले पदाधिकारी चयन हुन नसकेको सचिव बासुदेव आचार्यले बताए । अहिले सहमती जुटन नसकेपनि पुनः अर्को बैठक बसेर टुगो लगाउने निर्णय भएको उनले बताए ।


काग्रेस जिल्ला सभापति कमलप्रसाद भुसालले लोकतान्त्रिक पार्टीमा विरोध समर्थन हुनु लोकतान्त्रिक प्रकि्रया भएको भन्दै त्यस्तो नराम्रो कुनै विवाद नभएको दावी गरे । सरसल्लाहपछि अर्को बैठक बसेर वृहत छलफल गरी पदाधिकारी मनोनयन सबैको सहमतीमा टुंगाईएने भुसालले बताए ।

 






Arghakhanchi.Com editor Birendra KC contributed to this report.


 






 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.