अफगास्तिानको राजधानी काबुलमा अमेरिकी दूतावास र नेटोको इसाफ मुख्यालयलाई लक्षित गरी भीषण आक्रमण भएको छ । आत्मघाती आक्रमणकारी र बन्दुकधारीहरुले आक्रमण गरेको बताइएको छ । त्यस क्षेत्रमा अरु देशको दूतावास पनि रहेको बताइएको छ ।
आक्रमणमा कम्तिमा चार जना आत्मघाती आक्रमण संलग्न रहेको अघिकारीहरुको अनुमान छ । तालिवानले आक्रमणको जिम्मा लिदै सरकारी भवन निशानामा रहेको जनाएको छ ।
आक्रमणमा संलग्नहरुले निर्माणाधिन भवनहरुको आड दिदै गोलावारी गरेका छन् भने प्रहरीले पनि जवाफी कारवाही गरिरहेको बताइएको छ । आक्रमणमा भएको हताहतीको खबर भने आएको छैन । यसअघि गत हप्ता मात्र काबुलको ब्रिटिश काउन्सिल अफिसमा गराइएको आक्रमणमा १२ जना मानिस मारिएका थिए ।
उक्त आक्रमणको जिम्मा तालिवानले लिंदै सन् १९१९ मा बेलायतबाट अफगानिस्तान स्वतन्त्र भएको सम्झनामा आक्रमण गरेको जनाएको थियो ।