अर्घाखाँचीका एक नेपाली युवा यूएईमा मृत् भेटिए

उमाकान्त पाण्डे “गाउंले”


यूएई डेस्क – सयुत्त अरब एमिरेट्स यूएईको दुबइमा गत चार दिन अघी बाट बेपत्ता भएका एक नेपाली युवाको मृत् शब फेला परेको छ। गत ३ वर्ष अघी यूएई आएका पन्थीटोला – ७ पाली,अर्घाखाँची का शुशिल पन्थी यूएईको दुबइमा मृत् अवस्थामा भेटिएका हुन।


भारतीय नागरिकको घरमा घरेलु कामदारको रुपमा दुबइको करामा स्थित एक घरमा काम गर्दै आएका पन्थी गएको चार दिन अघी बाट हराएका थिए। खोज्दै जादा उनको शब उनी आफु कार्यरत घरकै अपार्टमेन्टका लागि राखिएको पानी ट्याकींमा भेटिएको हो।


करीब ३४ वर्षिय पन्थी थाइराइटका बिरामी थिए,उनिकहिले काही आफुलाई भुत लागेको भन्दै बस्ने रुने – भुईमै सुत्ने गर्ने गर्थे , ४ दिन अघी बाट बेपत्ता भएका उनको सम्बन्धमा बुझ्न खोज्दा उनी कार्यरत घरका मालिकले जानकारी दिए।


मृतकको शबलाई दुबइ पुलिसले पोस्ट्मार्टमका लागि लगेको छ । बेपत्ता भए पछी पुलिश प्रशासन देखी घर परिवार सम्म खबर गरिएको र अन्तत: घरकै पानी ट्याकींमा त्यो पनि मृत् अवस्थामा देख्दा नराम्रो लागेको प्रतिकृया दिए।


मृतका भाई कमल पन्थी यूएईको आबुधाबीमा कार्यरत छन,हाल दसैंको अवसर पारेर उनी नेपाल बिदामा गएका छन । दसैं मनाउने तयारीमा रहेका घरपरिवार यतिबेला शोकमा डुबेका छन। २ बच्चाका बाबु समेत भएका मृतक पन्थीले आत्म हत्या गरेको हुन सक्ने अड्कल काटिएको छ । यधपी अहिले सम्म पोस्टमार्टमको रिपोर्ट आएको छैन।


गाउमा एउटै ताग्लो भएर हिंड्ने गर्थ्यो , केयौ पटक दुबइमा पनि भेट भएको थियो, संसारनै छोडेर गयो भन्दा चिन्ता लागेको छ : उनका छिमेकी गगांराज भट्टराईले प्रतिकृया दिए।