भारतको तमिलनाडुमा दुइवटा रेल एक आपसमा जुध्दा सातको मृत्यु, कम्तीमा ८५ जना घाइते

भारतको तमिलनाडुमा दुइवटा रेल एक आपसमा जुध्दा सातको मृत्यु भएको छ भने कम्तीमा ८५ जना घाइते भएका छन् । तमिलनाडु राज्यको वेल्लोर शहरमा बिपरीत दिशाबाट आइरहेको रेलले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

 

घटनास्थलमा उद्धारकर्मीहरु खटिएका छन् । रेलको डिब्बामा धेरै यात्रु च्यापिएकाले मृतको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

घटना लगतै बसेको आपतकालीन बैठकले मृतकका परिवारलाई क्षतीपूर्ती दिने र घाइतेहरुको उपचार खर्च दिने घोषणा गरेको छ । दुर्घटनाले गर्दा अन्य रेल वे सेवामा अवरुद्ध बनेको छ ।