बिश्वको धनी राष्ट्र अमेरिकामा चार करोड ६२ लाख जनता गरीबीको चपेटामा

बिश्वको धनी राष्ट्र अमेरिकामा चार करोड ६२ लाख जनता गरीबीको चपेटामा परेको तथ्यांक हालै गरिएको छ । अमेरिकी जनगणना ब्युरोले तयार पारेको तथ्यांकमा हरेक छ मा एक अमेरिकी नागरिक गरीब हुने उल्लेख छ ।

 

तथ्यांक अनुसार सन् २००९ मा गरिबीको संख्या १४ दशमलव ३ प्रतिशत रहेकोमा यो संख्या बढेर सन् २०११ मा १५ दशमलव १ प्रतिशत पुगेको छ । अमेरिकी ईतिहासमा सन् १९९३ पछिको गरिबीको स्तरमा बृद्धी भएको यो पहिलो पटक हो ।

Homeless man in Downtown L.A. (Creative Commons)

तथ्यांक अनुसार सन् २०१० मा हरेक अमेरिकी नागरिकको घरमा बर्षेनी आम्दानी दुई दशमलव तीन प्रतिशतका दरले कमी आएको छ । आर्थिक मन्दीका कारण अमेरिकाको बैंक अफ अमेरिकाले आफना ३० हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो ।


U.S. Poverty Reaches a 17-Year Record High

 

यो निर्णय कार्यान्वयन भएमा गरिबीको संख्यामा अझ बृद्धि हुने अनुमान गरिएको छ ।


A homeless man begging for money in Los Angeles on 22 August