कोरियामा अर्घाखाँची कोरिया सम्पर्क मंचको भेला सम्पन्न

सेउल, दक्षिण कोरिया । महान चाड दसै जस्तै मनाइने र सबैको छुट्टी हुने कोरियाको (छुसक) पर्बलाई मध्यनजर गर्दै अर्घाखाँची सम्पर्क मंचले अर्घाखाँचीबासीहरुको  बृहत भेला सम्पन्न गरेको छ।

 


 

सो भेलामा जिल्लाबासीहरुको ठुलो उपस्थिति थियो। गौरवको कुरा के भने आज भन्दा २ वर्ष पहिला १०,२० जना मात्र हुनेमा अहिले जिल्लावासीको संख्या २०० जनाको हाराहारीमा पुगेको छ।

 


 

सबै अर्घाखाँचीबासीहरु भेला हुदा एक किसिमले नेपालको याद आउने र सधैभरि कामै काम हुदा यो ३ दिने बिदामा सबैलाई आनन्दमय बनाउनुका साथै सबै साथीभाईहरु एकै ठाउमा बसी नेपाली खाना खादै नेपालीपनको झल्को आएको देखिन्थ्यो ।

 



यी सबै कुरा सुख दु:खका कुरा आपसमा साट्न पाइएको कुरा उपस्थित अर्घाखाँचीबासीहरुको भनाइ थियो।
 


 

सबै जना अर्घाखाँचीबासी जम्मा भएपछि सुरु भएको कार्यक्रमको सभापति मंचका अध्यक्ष कर्ण जंग रायमाझीले गर्नु भएको थियो। संचालन मंचका सचिब ठाकुर प्रसाद भुसाल गर्नुका साथै कोषाध्यक्ष युबराज पाण्डेयले आर्थिक विवरण पेस गर्नु भएको थियो।

 


 

साथै सल्लाहकारको आसनगरण, सदस्यहरु सबैको आ-आफ्नो भनाइ राख्दै कार्यक्रम अगाडी बढेको थियो।

 


 

उक्त भेलाले फेरी २ वर्षको लागि नयाँ कार्य समिति चयन गरेको थियो।  समितिका पधादिकारीहरुको नामाबली यसप्रकार छ:-


अध्यक्ष- कर्ण जंग रायमाझी
उपाध्यक्ष- पुकार शाह
धर्मराज पराजुली
सचिब -ठाकुर प्रसाद भुसाल
सहसचिब -गोबिन्द घिमिरे
कोषाध्यक्ष-युबराज पाण्डेय
सह-कोषाध्यक्ष-लेखनाथ पोख्रेल
  

सदस्यहरु

१- गणेश थापा
२- सिद्दिराज पौडेल
३- खेमराज आचार्य
४- टंक प्रसाद भुसाल
५- हुम प्रसाद श्रेष्ठ
६- मोहन आचार्य
७- टि.बि.छेत्री
८-बाल बहादुर मल्ल
९-बिष्णु प्रसाद आचार्य
१०-बबिता दर्लामी
११-झबिन्द्र बेलबासे
१२-शुन्दर पन्थी
१३-राम प्रसाद पाण्डेय
१४-राजु पाण्डेय
१५- कृष्ण भुसाल
१६-बिष्णु भुसाल

 

सल्लाहकार
बाबुराम खनाल
तिलक राम भुसाल
कृष्ण आचार्य


अन्त्यमा नयाँ कार्य समिति गठन पछि अध्यक्ष रायमाझीले आफ्नो विचार राख्नु भएको थियो सो निम्न अनुसार छ:-

 

हिजो एकबर्षको अबधिमा आफ्नो जिल्लाको जन्म गरायो, सबै संघ सस्था संग चिनाउने बाताबरण गरायो, विभिन्न सानातिना काम गर्ने मौका पायो।  र भोलिका दिनहरुमा एउटा नमुनाको रुपमा प्रस्तुत गरि आफ्नो जिल्ला लाई अझ चिनाउने बाताबरण गर्ने छ। हामी सबैको साथ चाहिन्छ। चाहे पदमा भएका हुन् या पदबाट बाहिर भएका हुन् जो सुकै साथीभाईहरुले यसलाई  आन्यथा नसोची जिल्लाको बिकाश र यहाँ कोरियामा भैपरी आउने काम होस् सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने छ भन्दै फेरी पनि एकपटक समितिमा बसेर काम गर्ने मौका दिनुभएकोमा सम्पूर्ण जिल्लाप्रेमी साथीभाईहरुलाई म र समितिको तर्फबाट हार्दिक धन्यवाद टक्राउन चाहन्छु  ।

अध्यक्ष
कर्ण जंग रायमाझी
     तथा
अर्घाखाँची कोरिया सम्पर्क मंच
दक्षिण कोरिया 

 

यसैगरी पुन; यही ओक्टुबर २ तारिकको दिन गुल्मी समाजले भलिबल प्रतियोगिता राखेकोले अर्घाखाँची सम्पर्क मंच टिमले पनि भाग लिने जमर्को गरेको छ, जिल्लाको टिम जाने हुदा कोहि इच्छुक भएमा अर्घाखाँची सम्पर्क मंच जो कही सदस्यहरु सँग सम्पर्क गर्न मंचले सम्पूर्ण अर्घाखाँचीबासी नेपालीहरुलाई अनुरोध गरेको छ।


यसैगरी साधारण सदस्यहरु र जिल्ला बासी जो कसैले सस्थालाई सहयोग गर्न चाहेमा तलको सस्थाको बैंक खातामा सक्दो आर्थिक सहयोग जम्मा गर्न समेत जानकारी गराइएको छ। 

 

 IBK Bank: 61600587802016 – (पाण्डे)

 

 

 






Arghakhanchi.Com’s Karna Jang Rayamajhi in Seoul, South Korea contributed to this report.


 






 













 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.