कोरियाबाट नरेश सह्योग अभियानका लागि थप आर्थिक सह्योग, नरेश खत्रीको अप्रेशन आगामी असोज २ गते काठमाडौंमा हुँदै


 

सेउल, दक्षिण कोरिया । नरेश बहादुर खत्रीको जीवनरक्षा अभियानका लागि कोरियामा रहेका अर्घाखाँची बासीहरुको एक मात्र साझा सस्था अर्घाखाँची कोरिया सम्पर्क मन्चले फेरी थप ६,००० नेपाली रुपैया गरेको छ।

कोरियाबाट प्राप्त जस्ताको त्यस्तै जानकारी अनुसार:- विभिन्न दु:ख सुख गरि मिहिनेत गरेर काम गर्दै कसैको जिन्दगि जिउन सफल हुन्छ भने किन नै हामी नेपाली पछि पर्ने। हामी बिर गोर्खालीका छोरा नेपाल आमाका सपुत हौ। त्यस कारणले पनि पछि पर्ने त कुरै आउदैन। यी जिबन सित जोडिएका पाटाहरु हुन् यही लक्ष्य लिएर आएका थिए होलान । ति नरेश बहादुर छेत्रीको मात्र बिडम्बना उनको जीवनमा ठुलो समस्या आयो, जो जिबनको दोसाधमा पुग्न पर्‍यो। यो समस्या सबैलाई आइपर्ने भएकोले हामी अर्घाखाँचिबासीले कोरियामा थोपा थोपा गरि कमाएको पैसालाई जम्मा गरि फेरी पनि ६००० नेपाली  रुपिया उठाई संकलन गरेका छौ भनेर उल्लेख गरिएको छ।


त्यो राशिले उहाको उपचारको लागि सहयोग पुगोस् भन्ने आशाका साथ फेरी पनि शुस्वथ्यको कामना गर्न चाहन्छौ भनिएको छ।


यसैगरी अर्घाखाँची सम्पर्क मंचका अध्यक्ष तथा अर्घाखाँचीडट्कम कोरिया ब्यूरो प्रमुख कर्ण जंग रायमाझीबाट सबै सह्योगीलाई विषेश धन्यवाद दिदै नरेश खत्रीको शु-स्वास्थ्यको कामना समेत गर्नुभएको छ ।


थाहा भए अनुसार अर्घाखाँची कोरिया संपर्क मन्चले यस अघि पनि २० हजार रुपैया नरेश खत्री जीवन रक्षा अभियानलाई सह्योग गरेको थियो ।  (नरेश बहादुर खत्रीका लागि अर्घाखाँची कोरिया सम्पर्क मंच आर्थिक सहयोग )

 

उता नरेश खत्री अभियानका एक जना सह्योगी इश्वरी प्रसाद भुसालले पछिल्लो पटक जानकारी गराए अनुसार नरेश बहादुर खत्रीको आगामी असोज २ गते राजधानी काठमाडौं स्थित गंगालाल ह्रुदय रोग केन्द्र अस्पतालमा अप्रेशन हुँदैछ ।

 

उनको अप्रेशनको सम्पूर्ण तयारी भएको र अस्पातलले गरेको छुट बाहेक अप्रेशनको लागि अझै पनि केही रकम अपुग रहेको जानकारी भुसालले गराए । नरेश खत्रीको हुन गैरहेको अप्रेशन लगायत सम्पूर्ण खर्च विवरण अर्घाखाँचीडट्कम मार्फत नियमित प्रकासित गराइने जनाइएको छ।

 

अर्घाखाँची कोरिया सम्पर्क मन्च मार्फत सहयोग गर्ने दाताको नामावली यस प्रकार छ:

 

१ -सिद्धि राज पौडेल (किमडाडा-३)
२-मोहन आचार्य (अडगुरी -४)
३-टि.बि.थापा (सीतापुर-४)
४-प्रकाश मल्ल (सिद्धरा-९)
५-गोबिन्द घिमिरे(ढिकुरा-४)
६-लेखनाथ पोख्रेल(सन्धिखर्क-७)
७ -श्रीधर घिमिरे (ढिकुरा-४)