भारतको उत्तरी तथा पूर्वी भूभागमा हाल कम वर्षा भए तापनि नदी बढेको कारण र बहाव रहिरहेकोले कुनै बेला पनि फेरि बाढी आउन सक्ने खतरा रहेको बताइएको छ ।
उत्तर प्रदेशको धेरै क्षेत्रमा गङ्गा नदी खतरा चिन्हभन्दा माथि रहेको र त्यसैगरी उत्तर भारतका नदीमा पनि बहाव उच्च रहेको बताइएको छ ।
हालै मात्र उत्तर प्रदेशको छ वटा गाउंमा आएको बाढीले साट्ठी घर बगाएको थियो भने बाँध हटाइएको कारण उत्तर प्रदेश तथा बिहारका बीस गाउं डुबानमा परेको थियो ।
गत साता उडिसा राज्यमा आएको बाढीको कारण 16 व्यक्तिको मृत्यु हुनुको साथै हजारौं घरबार विहीन भएका छन् ।
हाल भारत सरकारले विभिन्न क्षेत्रका बाढी पीडितलाई सहयोग जुटाइरहेको छ ।