अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सी परिषद सम्मेलनमा आणविक सुरक्षा कार्वाहि योजना पारित

अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीको परिषद सम्मेलनले हिजो ‘अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीको आणविक सुरक्षा कार्वाहि योजना’लाई पारित गरेर उक्त योजनालाई संयुक्त राष्ट्र संघको सदस्य मुलुक बीचको छलफलमा पेश गरेको छ।

             उक्त योजनाको उद्देश्य जापानको फुकुचीमा दाइची आणविक दुर्घटनाको पृष्ठभूमिमा विश्वव्यापी आणविक सुरक्षालाई प्रत्याभूत दिने प्रारुप निश्चित गरिनु रहेको छ र यसले गर्दा विश्वभरि आणविक सुरक्षा तथा आकस्मिक आणविक घटनाको सामना गर्ने स्तरलाई उकास्न सकिने आशा गरिएको छ। आणविक उर्जा स्टेशनको सुरक्षाको कमजोरीको मूल्याङ्कन, जरुरी अवस्थाको सामना गर्न तयारी तथा प्रतिक्रियाको प्रवर्द्धन भन्ने उक्त योजनाको मुख्य विषय रहेको छ।

            अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीको लागि चिनियाँ प्रतिनिधि छङ चिङ येले सम्बन्धित अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्दै विश्वमा आणविक सुरक्षा स्तरलाई उकास्ने विषयबारेमा चीनले सकारात्मक अडान लिएको बताउनुभयो।