अमेरिका र रोमानियाले हिजो तेह्र तारिख वाशिङ्गटनमा क्षेप्यास्त्र प्रतिरोध प्रणालीको स्थापना गर्नका लागि सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेका छन्। जसबाट अमेरिकाले सन 2015अघि रोमानियामा SM-3 नामक क्षेप्यास्त्र प्रतिरोध प्रणालीको स्थापना गर्ने छ। यसबारे रुसको विदेश मन्त्रालयले हिजो अमेरिका र नेटोले युरोपमा क्षेप्यास्त्र प्रतिरोध प्रणालीको स्थापना गरेबाट रुसलाई लक्षित नगर्ने स्पष्ट बैधानिक बचनबद्धता गर्नुपर्छ भन्ने बताउनुभएको छ।
अमेरिकाको राज्य परिषदका अनुसार यस सम्झौता रोमानियाको संसदद्वारा अनुमोदन गरेपछि अमेरिकाले रोमानियाको वायु सैनिक क्षेत्रमा मध्य-पूर्वी क्षेत्रबाट हुने क्षेप्यास्त्र त्रासमा युरोप र अमेरिकाको संरक्षण गर्नसक्ने छ। सम्बन्धित सूचनाअनुसार अमेरिकाले रोमानियामा स्थापना गर्ने यस क्षेप्यास्त्र प्रतिरोध प्रणाली अमेरिकाको सारा विश्वमा स्थापना गर्नेको एउटा भाग हो।