काठमाडौं – उच्चमाध्यामिक शिक्षा परिषदले कक्षा १२ को ब्यवस्थापन, शिक्षा र मानविकी संकाय तर्फको परीक्षाको नतिजा बुधबार प्रकाशन गरेको छ। परीक्षामा तिनै विषयमा नियममित तर्फ २ लाख ३६ हजार ३ सय ३२ सहभागी रहेकोमा १ लाख ५६ हजार ४ सय २५ उत्तिर्ण रहेको परिषदका सदस्य सचिव हेमकुमार मिश्रले जनाए।
यस वर्ष ४५.५६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। गत वर्ग भन्दा यो ४ .५६ प्रतिशत बढी हो।
यसैगरी आंशिकतर्फ १ लाख १२ हजार ६ सय ५९ सहभागी रहेकोमा ५० हजार ४ सय ८२ उत्तिर्ण भएका छन्। यस वर्ष आंशिक तर्फ ४४.८१ प्रतिशत विद्यार्थी सफल भएका छन्। परिषदका अनुसार गत वर्ष आंशिक तर्फ ४४.२९ प्रतिशत मात्र पास भएका थिए। यस वर्ष आंशिक तर्फ पनि ४.५६ प्रतिशत बृद्धि भएको छ।
नियमित अनुगमनले परीक्षालाई ब्यवस्थित बनाई नतिजामा बृद्धि भएको मिश्रको दाबी छ।