अर्घाखाँचीमा बाल दिवस कार्यक्रम (तस्बिर सहित)


 

– प्रेमनारायण आचार्य 


 अर्घाखाँची २९ भदौ । नँया बन्ने संबिधान बाल बालिकाको हितमा हुनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन् । उनीहरुले बालबालिकाको हितमा काम गर्ने संघ सस्थाहरुले र सरकारले जिम्मेबार पुर्बक बालबालिकाको निम्ति काम गर्ने बताए ।

 



हामी सबैको सरोकार शान्ति र संविधानमा सुनिश्चित बालअधिकार भन्ने नारका साथ  नेपाल बाल संगठन र जिल्ला बाल कल्याण समितिको संयुक्त आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा प्रभात फेरी तथा प्रबचन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

 


 

बालबालिकाको र्यालीले सन्धिखर्क बजार परिक्रमा गरेको थियो । प्रबचन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरे  स्थानीय बिकास अधिकारी पुण्य बिक्रमपौडेल जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल  नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य एमालेका प्रचार बिभाग प्रमुख प्रेमनारायण गैरे राप्रपाका देबीबहादुर खड्का  पत्रकार महासंघका सोभाखर पन्थि लगायतले बाल अधिकारका बारेमा आ आफ्नो धारणा राखेका थिए । 

 



कार्यक्रम नेपाल बाल संगठन अर्घाखाँचीका अध्यक्ष देबराज श्रेष्ठको अध्यक्षता  कृष्णप्रसाद खनालको संचालन र नेत्रप्रसाद भटराईको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । 

 



दिउसो सिसु स्वास्थ्य परिक्षण कार्यक्रमको   आयोजाना गरिएको नेपाल बाल संगठनका अध्यक्ष देबराज श्रेष्ठले बताउनु भयो ।







 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.