लिवियामा संक्रमणकालीन परिषद् प्रमुखद्धारा अन्तर्राष्ट्रिय समुदायसँग गद्धाफीको नियन्त्रणमा रहेका हतियार लिन माग

लिवियामा विद्रोहीको राष्ट्रिय संक्रमणकालीन परिषद् एनटीसीका प्रमुख मुस्ताफा अब्दुल जलीलले कर्णेल गद्धाफीको नियन्त्रणमा रहेको भूभाग नियन्यन्त्रणमा लिन हतियार आवश्यक भएको बताएका छन् । राजधानी ट्रिपोलीमा बीबीसीसँगको कुराकानीमा जलीलले हतियारको आह्वान गर्दै लुक्दै बसेका गद्धाफी दक्षिणी लिवियामा रहेको र आक्रमणको योजना बनाइरहेको बताए ।

 

गद्धाफीका धेरै समर्थक दक्षिणी मरुभूमि सबातर्फ भागेको र त्यस क्षेत्र नियन्त्रणमा लिन थप हतियार आवश्यक भएको उनको भनाइ थियो । जलीलले गद्धाफी समर्थकको कब्जामा रहेको भूभाग नियन्त्रणमा नल्याइकन आफ्नो पूरै प्रशासन ट्रिपोलीमा स्थानान्तरण नगरिने स्पष्ट पारे । एनटीसीका अधिकारीहरुले गद्धाफीका नजिकका नेताहरुले सुन र नगद लिएर छिमेकी मुलुक नाइजर भागिरहेको बताएका छन् ।

 

यता गद्धाफीले संयुक्त राष्ट्रसघलाई आफ्नो जन्मथलो सिर्तमा भैरहेको अपराध रोक्न आह्वान गरेका छन् गद्धाफीले लिवियाबाट भाग्नुभन्दा मर्न तयार रहेको बताउदै आएका छन् ।