अफ्रिकी मुलुक एंगोलामा सेनाको विमान दुर्घटनाग्रत हुँदा सेनाका ३ जनरलसहित ३० जनाको मृत्यु भएको छ । हुआम्बो शहरको विमानस्थलबाट उडेको केही समयमै विमान दुर्घटनाग्रस्त भएको एंगोलाका सरकारी प्रवक्ताले जनाएका छन् ।
३६ जना लिएर उडेको उक्त विमान दुर्घटनामा विमान चालक र सह चालकसहित ६ जना भने बाँच्न सफल भएका छन् ।
विमान दुई टुक्रा भई दुर्घटनाग्रस्त भएको र विमानको पछाडि भागमा रहेका यात्रु आगोको चपेटामा परेका थिए । उक्त विमान सेनाका उच्च अधिकारीका लागि हालै मात्र किनिएको बताइएको छ । दुर्घटनाको कारण थाहा हुन नसकेको विमानका चालकले बताएका छन् ।