नासाद्धारा अन्तरिक्ष र मंगलग्रह पछि ब्रम्हाण्डको अर्को ग्रहमा पनि अन्तरिक्ष यात्रीलाई पठाउने तयारी शुरु


 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्ष र मंगलग्रह पछि ब्रम्हाण्डको अर्को ग्रहमा पनि अन्तरिक्ष यात्रीलाई पठाउने तयारी शुरु गरेको छ । यो यात्रामा जाने अन्तरिक्ष यानले १ सय टन सम्मको तौल अन्तरिक्षमा लैजान सक्छ र यसको क्षमता अहिलेका अन्तरिक्ष यान भन्दा निकै बढी रहेको बताइएको छ । नयां यान अन्तरिक्षमा जाने एपोलो मिशन भन्दा ठूलो हुने छ ।

 


यसको निर्माण प्रविधि मौजुदा अन्तरिक्ष यानबाटै लिइएको भएपनि यसमा पांच विशिष्ट उर्जा इकाइ रहने छ । नयां रकेट निर्मांणमा १८ अरब डलर खर्र्च लाग्ने र यसको पहिलो परिक्षण छ वर्ष भित्र गरिने छ ।

 

अमेरिकी अन्तरिक्ष अभियानको इतिहासमा नयां अध्याय हुने भन्दै नासाका अधिकारीहरु अब अन्तरिक्ष यात्रीहरु मंगलग्रहमा पनि अन्तरिक्षमा जस्तै गतिविधि गर्न सक्ने आशामा छन् ।

 


 

गत जुलाईमा स्पेश सटललाई अन्तिम पटक पृथ्वीमा उतारे पछि अमेरिकी अन्तरिक्ष अभियानको भविश्यलाई लिएर विभिन्न अड्कलवाजी चलेको थियो ।