भारतको तमिलनाडु राज्य सरकारले सरकारी विद्यालय र विश्वविद्यालयमा पढ्ने विद्याथीहरुलाई निशुल्क ल्यापटप वितरण योजना शुरु गरेको छ ।
यो योजना अन्तर्गत करिब ६८ लाख ल्यापटप वितरण हुने अनुमान गरिएको छ । पञ्च वर्षिय यो योजना भारतमा पहिलो भएको बताइएको छ ।
वर्तमान राज्य सरकारमा पुगेका नेताहरुले विधानसभा चुनावमा क्रममा विद्यार्थीलाई निशुल्क ल्यापटप दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
योजनाबाट निम्न वर्गका विद्यार्थीहरुलाई राहत पुग्ने अधिकारीहरुको भनाई छ ।
यसबाट तमिलनाडुलाई कम्यू्टर उद्योगको केन्द्रको रुपमा विकास गर्न सहयोग पुग्ने उनीहरुको विश्वास छ ।
तर आलोचकहरुले भने महंगो र कार्यान्वयनमा समस्या आउन सक्ने भन्दै योजनाको आलोचना गरेका छन् ।