सन्धिखर्कमा बृहत योग शिविर संचालन हुने

– वीरेन्द्र केसी


अर्घाखाँची – यहि असोज १ देखी ७ गतेसम्म सन्धिखर्कको टुडिखेल मैदानमा निशुल्क बृहत योग शिविर संचालन हुने भएको छ । शुक्रवार सन्धिखर्कमा भएको संचारकर्मी कार्यालय प्रमुख सम्मिलित सर्वदलिय सर्वपक्षीय सरोकारवालाहरुसँगको पतंाजली निशुःक वृहत योग शिविर व्यवस्थापन तथा संचालानार्थ आयोजित छलफल कार्यक्रमबाट शिविरलाई शानदार रुपमा सफलतापुर्वक सम्पन्न गर्न निर्णय गरेको छ ।

 

उद्योग वाणिज्य संघको आयोजना र पतंाजली योग समिति र जिविसको सह-आयोजनामा साचालन हुने शिविरको लागि उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । जसको सदस्यमा राजेन्द्र भुसाल जर्नादन खनाल सागर केसी यमराज पाण्डे धर्मराज अधिकारी जीवनारायण आचार्य बाबुराम पंथी नारायण पौडेल नेत्र प्रसाद भुसाल शान्ता खत्री ठाकुर श्रेष्ठ चेतनारयण भण्डारी राधा नेपाली माधवराज चुदाली खुमलाल पौडेल निम बहादुर रिजाल शोभाखर पंथी राम सेवक मण्डल इश्वरा पोखरेल मुक्तिराम भण्डारी कमला कँुवर कमल भुसाल र बाबुराम भुसाल रहेका छन ।

 

त्यस्तै जिल्ला न्यायाधिश ऋषिराम अधिकारीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । जसको सदस्यमा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे चन्दननाथ गणका गणपति विक्रान्तविक्रम शाह प्रहरी नावक उपरीक्षक अरुण पौडेल स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेल अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्ले जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल खानेपानी कार्यालय प्रमुख  श्रवण कुमार उपाध्याय  र विद्युत प्राधिकरण प्रमुख हरि पाण्डे रहेका छन । योग शिविर साचालनका लागि मुख्य प्रशिक्षक हेमा ढुगांना लगायतले प्रशिक्षण दिनेछन । स्वास्थ्यका दृष्टिकोणले फाईदाजनक भएकाले सबैलाई निशुल्क योग शिविरमा सहभागी भैदिनुहुन आयोजकले अनुरोध गरेको छ । शिविरमा एक हजार जति सहभागी गराउने लक्ष्य रहेको संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताए ।

 

आईतवार बसेको मुल आयोजक समितिको बैठकले विभिन्न उप-समितिहरु गठन गरेको छ । बैठकले नेत्रप्रसाद भुसालको संयोजकमा ७ सदस्यीय आर्थिक व्यवस्थापन उप-समिति गठन गरेको छ । सदस्यमा ऋषि खानल चेतनारायण भण्डारी ठाकुर प्रसाद श्रेष्ठ ईश्वरा पोखरेल यमराज पाण्डे र धर्मराज अधिकारी रहेका छन । त्यस्तै शान्ता खत्रीको संयोजकत्वमा १० सदस्यीय माच तथा स्टेज व्यवस्थापन उप-समिति गठन गरेको छ ।

 

जसको सदस्यमा लक्ष्मी दमासे मिना श्रेष्ठ कमला कुवर धु्रव न्यौपाने बाबुरम पंथी पवित्रा पौडेल सरिता शाही हरि घिमिरे र विजुला रायमाझी रहेका छन । हिम बहादुर जिसीको संयोजकत्वमा १३ सदस्यीय प्रचारप्रसार उप-समिति गठन गरिएको छ । जसको सदस्यमा वीरेन्द्र केसी नविन किरण भुसाल राधा नेपाली शोभाखर पंथी माधवराज चुदाँली प्रेमनारायण आचार्य राम सेवक मण्डल सुर्यप्रसाद भुसाल गोविन्दराज पौडेल पवित्रा पौडेल जीवन परियार सहयोगी विसी गणेश खनाल रहेका छन । त्यस्तै नीम बहादुर रिजालको संयोजकत्वमा चार सदस्यीय साउण्ड सिस्टम लाईट व्यवस्थापन उप-समिति गठन भएको छ । सदस्यमा ध्रुव न्यौपाने चेतनारायण भण्डारी र भेष बहादुर केसी रहेका छन । बैठकले खुमलाल शर्माको संयोजकत्वमा सात सदस्यीय स्वयसेवक परिचालन उप-समिति गठन गरिएको छ ।

 

सदस्यमा बाबुराम भुसाल बाबुराम पंथी छमा कार्की शान्ता भण्डारी दिलमाया रायमाझी र रुपा मुखिया रहेका छन । धर्मराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय खानेपानी तथा सरसफाई उप समिति गठन भएको छ । सदस्यमा जीवनारायण आचार्य र ऋषि खनाल छन । डा. रामप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय प्राथमिक उपचार तथा स्वास्थय उप-समिति गठन भएको छ । सदस्यमा नविन किरण भुसाल नारायण प्रसाद पौडेल ठाकुर अधिकारी र रामसेवक मण्डल रहेका छन ।

 















 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.