अर्घाखाँचीका सबै शिक्षक छानविनमा

– वीरेन्द्र केसी


अर्घाखाँची – शिक्षा कार्यालयले जिल्लाका सबै विद्यालयमा कार्यरत शिक्षकहरुले शैक्षिक योग्यताको प्रमाण पत्र र अध्ययापन अनुमती पत्र लाईसेन्स छानविन शुरु गरेको छ । सबै प्रावि निमावि र मावि स्तरका शिक्षकहरुले प्रमाणपत्र छानविन शुरु गरेको हो । जिल्लाका संचालित ४ सय २ विद्यालयमा कार्यरत  १९ सय ८३ शिक्षकहरुले शैक्षिक योग्यताको प्रमाणपत्र छानविन शुरु गरिएको शिक्षा कार्यालयले जनाएको छ ।

 

विद्यालयमा कार्यरत केही शिक्षकहरुले नक्कली सठिफिकट पेश गरेर जागिर खानुका साथै बढुवा हुने गरेको गुनासो आएपछि शिक्षा कार्यालयले छानविन गर्न लागेको हो । जिल्लाका १८ स्रोत केन्द्र मार्फत सबै विद्यालयका शिक्षकको योग्यताको प्रमाणपत्र र लाईसेन्स संकलन गरिएको शिक्षा अधिकारी मित्रमणी खनालले बताए । छानविनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शिक्षा अधिकारी र सरकारी वकिल सदस्य रहने गरी तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिले असोज २ गतेबाट छानविन शुरु गर्नेछ ।

 

आईतवार सम्म १८ अध्ये २ स्रोत केन्द्रका ४२ विद्यालयका सबै शिक्षकको प्रमाण-पत्र शिक्षा कार्यालयमा आईसकेका छनउनले भने अब १६ स्रोत केन्द्रबाट आउदैछन । भदौ मसान्त भित्र सबै शिक्षकलाई आफनो स्रोत केन्द्रमा बुझाउन खबर गरिएको छ । प्रमाण-पत्र संकलन कार्य भै्ररहेको उनले बताए । छानविनमा प्रमाण-पत्र नक्कली ठहरिएमा अख्तियारमा मुद्धा दर्ता गरि कारवाही गर्नेछौ खनालले भने त्यस्ता शिक्षकको जाखिर खोसिने छ ।

 

नक्कली प्रमाणपत्र लिएर पठाईरहेका शिक्षाकको लागि शिक्षा विभागलाई कारवाहीको लागि शिक्षा कार्यालयले सिफरिस गर्ने जनाएको छ । नेपाली सठीफिकट जिल्ला तहबाट र भारतीय शिक्षा विभागबाट छानविन गरिने भएको छ ।

 


 















 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.