अर्घाखाँचीका ६६ विद्यालय सहित ३४६ शिक्षक दरवन्दी कटौटी गरिदै

– वीरेन्द्र केसी


अर्घाखाँची – शिक्षा कार्यालयले प्रावि स्तरमा रहेका जिल्लाका ६६ विद्यालय सहित ३ सय ४६ शिक्षकको दर कटौती गर्ने तयारी गरेको छ ।


राजनीतिक पार्टीको आडमा अधिकाश विद्यालयमा विद्यार्थीको अनुपात भन्दा बढी शिक्षक राखिएको दरवन्दी कटौती गर्नुपरेको शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा वडा र टोलैपिच्छे खोलिएका प्राविलाई समेत खारेज गरी अन्य विद्यालयमा समायोजन गर्ने योजना बनाएको छ । सरकारी तथ्याकंको आधारमा प्राविको लागि ३५ जना विद्यार्थी भएपछि मात्र सचालनको अनुमती पाउने व्यवस्था छ ।


कतिपय विद्यालयमा कागजी रुपमा ३५ जना विद्यार्थी भर्ना भएको देखाईएपनि वास्तविकतामा अत्यन्तै कम विद्यार्थी भएका विद्यालयलाई गाभ्ने तयारीमा रहेको शिक्षा स्रोतले बताएको छ । कम विद्यार्थी भएका विद्यालयमा कक्षा १ देखी ३ सम्मका ४० विद्यालय र कक्षा १ देखी ५ सम्मका २६ विद्यालय अर्का विद्यालयमा गाभ्नुपर्ने  अवस्थामा देखिएको  शिक्षा अधिकारी मित्रमणी खनालले बताए । कक्षा १ देखी ५ सम्मका ३ सय ३४ शिक्षक दरवन्दी कटौटी हुदैछन शाखा अधिकृत लिल बहादुर राउत क्षेत्रीले बताए । ३५ जना भन्दा कम विद्यार्थी भएका विद्यालयलाई गाभ्दा भौगोलिक बनावटले टाढा र दुर्गम गाउँलेका छोराछोरी भने नजिकैको विद्यालय खारेज भएपछि पठनबाट विाचत हुने भन्दै अभिभावकले चिन्ता गरेका छन  ।


३५ जना विद्यार्थी भए मात्र विद्यालय सचालनको लागि शिक्षा कार्यालयले स्वीकृत दिने व्यवस्था छ । तर जिल्लामा ३५ जनाको विद्यार्थी नभएका ६६ विद्यालय छन खनालले भने अधिकाश विद्यालयमा ८,१० जना मात्रै विद्यालय छन त्यहाँ राजनीतिक पार्टीको आडमा राहत दरवन्दीमा शिक्षक धेरै छन । राजनीतिक दलले आफना कार्यकर्तालाई संरक्षण गर्दै नियुक्ती गरेका छन उनले भने ३ सय ४६ दरवन्दी भएका विद्यालय र विद्यार्थी अनुसार सचालित छैनन । विद्यालयमा पढाईरहेका राहत दरवन्दीलाई खाली भएको ठाउँमा मिलान गरी पठाईने उनले बताए ।


कुनै विद्यालयमा शिक्षकै छैनन कुनैमा बढी छन धेरै दरवन्दी भएका स्कुलका दरवन्दी कटौटी खरी खाली भएका विद्यालयमा मिलान गरी शिक्षकलाई खटाईने तयारी भैरहेको शिक्षाले जनाएको छ । विद्यालय समायोजन गर्दा भौगोलिक हिसावलाई पनि ध्यान दिएर गाभ्ने सोच शिक्षाको छ । विद्यालय समायोजनको लागि कार्यदलले स्थलगत अध्ययन गरेपछि समायोजन गरिने शिक्षाले जनाएको छ । शिक्षाले स्वीकृत दिएर जिल्लामा हाल साचालित २ सय ८३ प्रावि मध्ये ६६ विद्यालय विद्यार्थी कम भएको भन्दै गाभ्न लागेको हो । 


 















 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.