सीरियामा राष्ट्रपति बसर अल असदबिरुद्ध संघर्ष गरिरहेका बिद्रोही नेताहरुले बिपक्षी पार्टीसंग मिलेर सीरियाली राष्ट्रिय परिषद गठन गरेको छ । बिगत छ महिनादेखि सीरियामा जारी बिरोध प्रदर्शनलाई संगठित गर्नका लागि सीरियाली राष्ट्रिय परिषद् गठन गरिएको बिद्रोही नेताहरुले जनाएका छन् ।
नयाँ राष्ट्रिय परिषद् गठनका लागि सरकार बिरोधी प्रदर्शनमा आवद्ध सबै संगठन, राजनैतिक दल र अन्य ब्यक्तिहरु सम्मिलीत कम्तीमा सातसय जनाको एक सूची तयार गरेको र यही सूचीबाट एक सय चालिस जना सदश्य निर्वाचन मार्फत चुनिएका हुन् । निर्वाचीत सदश्य मध्ये अधिकांश सरकार बिरोधी प्रदर्शनमा संलग्नहरु रहेका छन् ।
यी सदश्यहरुले लिबियामा बनेको राष्ट्रिय परिषद् मार्फत अन्य मुलुकसंग सम्पर्क कायम गर्नेछ । सीरियामा हालसम्म पनि राष्ट्रपति बशर अल असदको शासन कयमै छ ।