लिबियाका बिद्रोही नेताहरु नेता कर्णेल गद्दाफीको पकड मानिने शहर शिर्त शहर प्रवेश

 लिबियाका बिद्रोही नेताहरु नेता कर्णेल गद्दाफीको पकड मानिने शहर शिर्त शहर प्रवेश गरेका छन् । बेनघाजी र त्रिपोली कब्जा पछी बिद्रोही नेताहरु शिर्त शहर प्रवेश गरेका हुन् । शिर्त शहरमा गद्दाफीका सयौं समर्थकहरु रहेका छन् भने गद्दाफी पनि सोही शहरमा रहेको आशंका बिद्रोही नेताहरुले गरेका छन् ।

 

बख्तरबन्द गाडी सहीत शिर्त शहर प्रवेश गरेका बिद्रोहीहरुलाई गद्दाफीक समर्थकहरुले प्रतिकार गरेका छन् । भीडन्तका क्रममा चारजना बिद्रोही नेता मारिएका छन् भने सात जना सख्त घाइते भएका छन् ।

 

गद्दाफी समर्थकहरुको रकेट प्रहारका कारण बिद्रोहीहरुको केही सवारी साधन पुरै जलेका छन् । बिद्रोही नेताहरु शिर्त शहर प्रवेश गरेलगत्तै गद्दाफीका प्रवक्ताल माउसा इब्राहिमले सिरियाली टेलिभीजन मार्फत सन्देश दिंदै शिर्त शहर कब्जा गर्ने बिद्रोहीको सपना कहिले पनि पूरा नहु्ने र अहिले पनि गद्दाफीका हजारैं समर्थकहरु रहेको दाबी गरेका छन् । आफूहरुसंग पर्याप्त सुुसुजित हतियार रहेको दाबी गदैर्् बिद्रोहीको हीत पछी हट्नुमा नै रहेको बताएका छन् ।

 

बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन र फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजी लिबिया पुगेको बेलामा बिद्रोही नेताहरु गद्दाफीको पकड शहर शिर्त प्रवेश गरेका हुन् यद्दपी गद्दाफी सो शहरमा छन् वा छैनन् भन्ने बारे केही खुलाईएको छैन ।