अर्घाखाँची गिद्धको लागि उत्कृष्ट बासस्थान भएको ठहर

– प्रेमनारायण आचार्य


अर्घाखाँची ३० भदौ – यूएई डेस्क – अर्घाखाँची जिल्लाको हंसपुर गा वि स ६ र खनदह गा वि स ४ को सीमा क्षेत्र घेरा भिरमा लोपहुने अवस्थामा पुगेका तिन गिद्ध प्रजातिको बासस्थान, प्रजनन र पछिल्लो अवस्था सम्ंबन्धि बैज्ञानिक अध्यन अनुसन्धान कार्यको नतिजा अनुसार अर्घाखाँची गिद्धको उत्कृष्ट बासस्थानको रुपमा देखाएको छ।


त्रिभुवन बिश्वविद्यालय प्राणिशास्त्र केन्दिय विभाग र नेपाल पंछि संरक्षण संघको सहयोगमा प्राणिशास्त्र द्धित्तिय वर्षा अध्यनरत कृष्णप्रसाद भुसालले गरेको २०६६-२०६७ को शोध अध्ययन अनुसार हिमाली गिद्धको प्रजनन सफलता ४६.४३ %, सेतो गिद्धको ३३.३३% र हाडफोर गिद्धको ५०% रहेको छ ।

 

Photo8 

गिद्धको उत्कृष्ट बासस्थान:लोपहुने अवस्थामा पुगेका तिन गिद्ध प्रजातिको बासस्थान, अर्घाखाँची जिल्लाको हंसपुर गा वि स ६ र खनदह गा वि स ४ को सीमा क्षेत्र घेरा भिर।जिल्लाको हंसपुर गा वि स ६ र खनदह गा वि स ४ को सीमा क्षेत्र घेरा भिरमा लोपहुने अवस्थामा पुगेका तिन गिद्ध प्रजातिको बासस्थान, प्रजनन र पछिल्लो अवस्था सम्ंबन्धि बैज्ञानिक अध्यन अनुसन्धान कार्यको नतिजा अनुसार अर्घाखाँची गिद्धको उत्कृष्ट बासस्थानको रुपमा देखाएको छ। तस्बिर – प्रेमनारायण आचार्य,

तिन प्रजातिका गिद्धको एउटै पहरामा बासस्थान भएको उक्त अध्ययन नेपालकै पहिलो भएको शोधकर्ताले दाबि गरेका छन । त्रिभुवन बिश्वविद्यालय प्राणिशास्त्रका सह प्रध्यापक तथा वन्यजन्तु विद डा.मुकेश कूमार चालिसे र नेपाल पंछि संरक्षण संघका पर्ुव गीद्ध संरक्षण अधिकृत आनन्द चौधरीको सुपरीवेक्षेणमा गरीएको अध्ययनको शोधपत्र आज प्राणिशास्त्र केन्द्रिय विभागमा एक समारोह बिच र्सार्वजनिक गरीएको थियो ।


घेरा भिर परम्पराकाल देखि नै गीद्धको बासस्थान भनेर चर्चित हुदै आएको भयपनि अनुसन्धानर्कता र संरक्षणकर्मीहरुको नजरमा पर्न सकेको थिएन । नेपालमा पाईने ८ प्रजातिका गीद्धहरु मध्ये अर्घाखाँचीमा ६ प्रजाति गिद्ध पाइन्छन ।


हालको दशकमा भारतिय उपमहाद्धिप लगाएत नेपालमा पनि गीद्धको संख्या ९५ प्रतिशत भन्दा बढिले घटेको छ । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ -आई.यु.सि.एन) ले नेपालमा पाइने गिद्धहरु मध्ये सानो खैरो गिद्ध, डङ्गर गिद्ध र सुन गिद्धलाई अति नै सङ्ककटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सुचिमा सुचिकृत गरेको छ । यसरि गीद्धको संख्या नाटकिए रुपमा घटनुको प्रमुख कारण पशु उपचारमा प्रयोग गरिने ओषधि र्डाईक्लोफेनेक भएको पत्ता लागेको छ।