विद्यालय जाने उमेर समुहका केटा-केटी गिटी गुट्दै/उनीहरुका समस्या कसले वुझ्ने?

-हरी प्रशाद भुसाल


यूएई डेस्क – पिठ्यँमा झोला अनि झोलाको गोजीमा खाजाको पोको बोकेर रमाउदै रमाउदै विद्यालय जानुपर्ने उमेर समुहका बालबालिकाहरु हातमा कापी कलम अनि पिठ्युँमा झोला होइन हातमा घन अनि पिठ्युँमा डोको वोकेर खोलातिर हिड्छन भन्दा यो देशका नीति निर्माता, जिल्लाका होटलहरुमा  बसेर वालअधिकारका विषयमा लामो लामो समय भाषण ठोक्नेहरु र भागवन्डाको लागि दिनहुँ शिक्षा कार्यालय धाउनेहरुलाई शायद पत्यार नलाग्ला।


पाँच तारेमा अन्तर्कृया गर्नेहरु,जिल्लाका वैठकहरुमा कुर्लनेहरु देखी लिएर भाग पाईने आशामा शिक्षा कार्यालयलाई पानी पँधेरो वनाउनेहरुले देखुन पनि कसरी र – तर देख्न नचाहँदा नचाहँदै पनि चुत्रावेसी वजार भएर वग्ने वाँगी खोलामा दिनहु यस्ता गतिविधी देख्न पाईन्छ।


दुई छाक टार्न समस्या परेपछि वगरमा बालुवा चाल्न आउने आमाहरु संगै बालबालिकाहरु पनि दिनहुँ बालुवा संगै रमाइरहेका हुन्छन । ती कलिला हातहरुले गिटी कुटिरहेका हुन्छन  तर त्यतातर्फकसैको ध्यान जान सक्दैन र सकिरहेको छैन ।


सरकारी कार्यालयहरु तामझामका साथ शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाइरहँदा यि अवोध बालवालिकाको हातमा घन अनि वालुवा चाल्ने चाल्नी देख्दा लाग्छ प्रकृतीले नै यीनीहरुलाई तिमिहरुले कापी तथा कलमको मुख नदेख्नु भनेर जन्माएको हो ।


यी वालवालिकाहरु मध्ये कति त आमाले काम गर्दै गर्दा खोलामै जन्मिएका हुन् । वाँगी खोलामा देनिक सयांैको संख्यामा यसरी वालवालिकाहरु वालुवा तथा गिटीसंग खेलिरहेका हुन्छन् । खै विद्यार्थी भर्ना अभियानको नारा गोजीमा वोकेर शहरका गल्ली गल्ली दगर्ुर्नेहरुको ध्यान यी वालवालिकाहरु तिर -गरीवीका कारण वाध्यतावस चाहेर पनि विद्यालय पठाउन नसकेका कारण आफुसंगै ल्याउनुपरेको अभिभावकहरु वताउँछन ।


छोराहरु सानो उमेर देखी नै ट्याक्टर तथा जिपहरुमा खलासीको रुपमा लाग्ने र छोरीहरु आमासंगै वालुवा चाल्न तथा गिटी कुट्न सिक्नु उनीहरुको संस्कार जस्तै वनेको छ । कलिलो उमेरमा बालुवा संग रमाउने वालवालिकाहरु भने यो विषयमा वोल्न चाहन्नन् । उनीहरुलाई यती मात्र थाहा छ, “विद्यालय जान त मन छ, तर जान पाइँदैन ।” किन जान नपाएको त भन्ने विषयमा भने उनीहरुले थाहा नभएको वताउँछन् ।


यता जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले आफुले चाहेर पनि ती बालबालिकालाई विद्यालय ल्याउन नसकेको जनाएको छ। संचारकर्मी सग कुरा गर्दै जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले भने “हामी निरन्तर प्रयासमा छौं ५० प्रतिशत बाट ९५ प्रतिशत सम्म पुर्‍याउन सहज नै भयो । भर्ना कार्यक्रम यो भन्दा माथी पुर्‍याउन हामीलाई हम्मे हम्मे भैरहेको छ ।”