चन्द्रप्रभा मावी खाचिकोटमा बाल दिवस मनाइयो

अर्घाखाँची डट्कम् जिल्ला स्रोत : चन्द्रप्रभा मावी खाचिकोट डिहिडाडाले ४७ औ राष्ट्रिय बाल दिवसको अबसर पारेर ५७ औ वार्षिक उत्सब तथा अभिभाबक भेला एक बिशाल कार्यक्रम आयोजना गरी मनाएको छ।


निबर्तमान अध्यक्ष तथा समाजसेवी पिताम्बर भट्टराइको सभापतित्व,शिक्षक तिर्थराज आचार्यको सन्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालको प्रमुख आतिथ्यता रहेको थियो।


कार्यक्रममा एमाओबादीका जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का,एमालेका जिल्ला अध्यक्ष रामजी घिमिरे,राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब थम्मन के सी,नेपाली कांग्रेसका जिल्ला सचिब बासुदेव आचार्य, तथा जिल्ला शिक्षा कार्यालयकी बि.नी. सशी पोख्रेल,शिक्षक गणेश बहादुर सिंह,शिक्षक दीपक शाह ,शिक्षक मुकुन्द राज आचार्य ,युबा बर्ष मा.बि. का प्र. प्रेम नारायण भुसाल,अर्घाखाँची डट्कम् प्रमुख एवम शिक्षा बिद मेहर सिंह केसी,चन्द्र प्रभा मा वि का प्र.अ. दिन बहादुर थापा लगायतको उपस्थिती थियो।


स्थानिय अभिभाबक,बिधार्थी र बुद्दिजिवी हरुको उलेख्य उपस्थिती रहेको कार्यक्रमको बिच-बिचमा पस्किएका साङिगीतिक प्रस्तुतीले रमणिय माहोल बनाएको थियो। प्रमुख अतिथीले बाल दिवस र अभिभाबक दिवस उपलक्षमा उत्कृष्ट हुने बिधार्थीहरुलाई पुरस्कार बितरण गर्दै बिधालयले पछील्ला दिनमा गरेको प्रगतीको मुक्तकन्ठले प्रशशां गरेका थिए।


वास्तवमा राजनीतिलेनै समाजको नयाँ रुपरेखा कोर्ने,नक्सा बदल्ने र सम्पूर्ण देशको परीपाटी मिलाउने भएकोले सकारात्मक सोचका ल्याउने हुँदा पछील्लो समयमा आम बिधार्थी हरुको बिचमा राजनीति गर्ने नेताहरु र राजनीतिको बारेमा पर्न गएको नराम्रो छाप र भ्रमको बारेमा बोल्ने अधिकाशं सबै पार्टीका नेताहरुले सकारात्मक सोचका साथ अघी बड्नु प्रर्नेमा सबैलाई आग्रह समेत गरेका थिए।


राजनीतिक दलले महिनौ देखी बनाउन नसकेको बिधायलय ब्यबस्थापन समितीको आपसी समझदारी मिलाएर सो कार्यक्रममा भुत पूर्व शिक्षक दीपक शाहको अध्यक्षतामा नयाँ समितीको घोषणा समेत गरेका छन।


यस् सम्बन्धमा प्राप्त तस्वीरलाई छिट्टै प्रकाशन गरिने जानकारी गराउने छौ । – प्रकाशक- बिदेश बिभाग