यूएईमा रहेका अर्घाखाँची बासीको लगत सकंलन गरिने

– उमाकान्त पाण्डे गाउंले

यूएई डेस्क – बैदेशिक रोजगारीको सिलसिलामा अर्घाखाँची जिल्लाबाट संयुक्त अरब इमिरेट्स (यूएई)को बिभिन्न ठाँउमा छरिएर रहेका अर्घाखाँची बासीहरुको लगत सकंलन गरिने भएको छ।

अर्घाखाँचीबासी सिमित साथीहरुको पहल र सकृयतामा गठित अर्घाखाँची सामुहिक बचत कोष यूएईले यस् कार्यलाई सुरु गर्ने भएको हो।

कोषको गत शुक्रबार दुबइको क्रिकपार्कमा सम्पन्न मासिक नियमित संचालक समितिको बैठक ले यस्तो निर्णय गरेको हो।

कोषका अध्यक्ष रविलाल खनालको अध्यक्षयतामा बसेको उक्त बैठकमा उपाध्यक्ष प्रकाश रायमाझी,सम्राट धु्रब खनाल,सचिव राजु खडका, कोषाध्यक्ष चिरन के.सि. र सल्लाहकार उमाकान्त पाण्डे गाउँले को उपस्थिती रहेको थियो।
 
बैठक पछी जारी गरीएको एउटा पत्रमा उल्लेख भए अनुसार :कोषका बारेमा बिबिध बिषयमा छलफल बाहेक यसपटक कोषले यूएईमा रहेका सम्पूर्ण अर्घाखाँची बासी दाजुभाई तथा दिदिबहिनीहरु सबैलाई लक्षित गरि सामुहिक र सांगठनिक हिसावले हाम्रो दायित्वलाई बोध गर्दै केही फरक बिषयबस्तुमाथि छलफल भएको पत्रमा उल्लेख गरिएको छ।

यसरी उल्लेखनिय संख्यामा रहेका हामी जिल्लाबासीबीच एक आपसमा निरन्तर सर्म्पर्क,सहयोग,आदान प्रदान र आपसी भाइचार सदभावको लागि साझा चौतारिको अभाव रहेको हामी सबैले महसुस गरेका छौ त्यसर्थ यस् अभियानलाई अर्घाखाँची डट्कम् मार्फत सन्चालन गरिने भएकोले जिल्लाका ४२ वटै गाविस बाट यहाँ आइ कार्यरत सम्पूर्णलाई संपर्कमा ल्याउने र भईपरी आउने कार्यलाई सहजरुपमा सम्पन गर्न एक जुट हुनुपर्ने भएको ले सम्पूर्णलाई आफ्नो संपर्क नम्बर सहित लगत सकलन कार्यमा जुट्न आग्रह गरिएको छ।

एकता नै बल हो भन्ने अभिप्रायले स्वच्छ र निस्वार्थ भावनाले प्रेरित भएर सकारात्मक र दिर्घकालिन सोचका साथ स्थापना गरिएको यस् कोषले छोटो समयमा गरेको प्रगतिले भविश्यको लागि हामीलाई अझ बढि हौसला प्रदान गरेको भन्दै अर्घाखाँची बाट यूएईमा आइ कार्यरत सम्पूर्णको संपर्क विवरण सकंलन गरि अर्घाखाँची राहत कोष स्थापना गर्नका लागि विवरण सकंलन गर्न लागिएको हो।

आफ्नो आन्दानीको केहि सिमित अंश सामुहिक रुपमा संकलन गरि हामी सदस्यहरुबिच आइपर्ने आर्थिक समस्याहरुलाई हल गर्ने र भविश्यमा जिल्लामा नै सुरक्षित लगानी गरि व्यावसायिक रुपमा रोजगारीकेा अवसर सृजना गर्ने हाम्रो मुख्य लक्ष्य रहेको छ ।

जिल्लाबासी साथिभाइहरुलाई आइपर्ने विबिध समस्याहरुलाई सम्बोधन गर्न अर्घाखाँची राहत कोष खडा गर्ने र सामाजिक र सामुहिक दायित्व स्वरुप  साझा चौतारीको रुपमा  अर्घाखाँची समाज स्थापना गर्नु आवश्यक देखिएको कुरा नयाँ नभएकोले सिमित साथिहरुको प्रयासले लगत संकलन कार्य संभव नहुने हुनाले आ आफ्नो गाविसका एक एक प्रतिनिधि साथीहरु सहित सम्पूर्ण गाविसबासी साथीहरुको बिवरण यथासंभव उपलब्ध गराइ  सहयोग गर्नुहुन अर्घाखाँची अनलाइन डट्कम् मार्फत सबैमा जानकारी गराईेको छ।

विवरण संकलनको लागि तल उल्लेखित साथिहरुलाई सर्म्पर्क गर्नुहुन समेत आग्रह गरिएको छ। रविलाल खनाल ,खन गाविस:हाल: आबुधावी सर्म्पर्क नं. ०५५९८४१२५८,राजु खडका,सन्धिखर्क गाविस,हाल:सारजहा सर्म्पर्क नं. ०५०-६३२१३५६,प्रकाश रायमाझी , अर्घा गाविस हाल:अम्मल  क्यूइन- सर्म्पर्क नं. ०५५५९४५७१३,चिरन केसी,धारापानी गाविस,हाल: दुबइ सर्म्पर्क नं. ०५०४७३५३०२,सम्राट धु्र्व खनाल-वागला गाविस,हाल: दुबइ,सर्म्पर्क नं. ०५५१६७८७४३, तथा अर्घाखाँची डट्कम् यूएई डेस्क एवम मध्यपुर्व प्रमुख उमाकान्त पाण्डे “गाउंले” बल्कोट गाविस,हाल:आबुधावी सर्म्पर्क नं. ०५५९१०४३३६  रहेको छ । साथै ईमेल मार्फत संपर्क गर्न चाहनुहुने लाई :  umakantapandey@sandhikharka.com or arghakhanchi.kosh@gmail.com वा फेसबूकमा Arghakhanchi Times मा म्यासेज पठाउन आग्रह गरिएको छ।

अन्य समाचारहरु