अर्घाखाँची : सामुदायीक सेवा केन्द्रमा दलिय भाग बण्डा

– प्रेमनारायण आचार्य
     
यूएई डेस्क – सामुदायीक सेवा केन्द्र अर्घाखाँचीको अध्यक्षमा दलिय भागबण्डामा एमालेका रामबहादुर चौहान निर्बाचित भएका छन् । खुल्ला सत्र भएको तीन महिना भन्दा बढि समय पछि आज भएको बन्द सत्रले जिल्लामा रहेका राजनितिक दलको भाग बण्डामा सहमति भएको हो । 
त्यसै गरि सचिबमा नेपाली काग्रेसका हेमन्त बेल्बासे, सहसचिब उमेस घिमिरे रहेका छन् । सदस्यहरुमा चन्द्रा गैरे , गोमा श्रेष्ठ, सफी मिया, रुद्र सुनाम लगायतका निर्बाचित भएका छन् । 
त्यसैगरि उपाध्यक्ष सहित २ जना सदस्यमा माओबादीको , कोषाध्यक्ष सहित एक जना सदस्य राजमोको र एक एक जना  सदस्यमा राप्रपा, एकिकृत र जनमुक्ति पाटीबाट प्रतिनिधित्व हुने सहमति भएको नेपालि काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले बताउनु भएको छ  । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरे, निमित्त प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाही , नेपाली काग्रेसका जिल्ला सचिब अधिबक्ता बासुदेब आचार्य, एमालेका सचिबालय सदस्य सरोज भुसाल ,निर्बाचन कमिटिका संयोजक ज्ञानबहादुर क्षेत्री लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य असोक श्रेष्ठ , एमालेका रामचन्द्र पोख्रेल, पबित्रा पौडेल र्,र् इश्वरा पोख्रेल, नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनाराययण आचार्य, खानेपानी उपभोक्त समितिका धर्मराज अधिकारी , रिसी खनाल , लगायतको उपस्थिति  रहेको थियो । 
कार्यक्रम रामबहादुर चौहानको अध्यक्षता र घनश्याम परियारको संचालनमा सम्पन्न भएको हो । सामुदायीक सेवा केन्द्र अर्घाखाँचीको उद्दघाटन सत्र गएको जेठ २१ गते भएको थियो।