– प्रेमनारायण आचार्य
यूएई डेस्क – नेपाली काग्रेस अर्घाखाँचीका सभापति कमलप्रसाद भुसालले बिकासकालागि सबै हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । उहाले काग्रेसको संगठन बिस्तारका लागि सबै क्रियासिल सदस्यले दिनको दर्ुइ घण्टा समय दिनु पर्ने बताउनु भयो ।
अर्घाखाँचीको भगबती गाविसमा भएको नेपाली काग्रेसका क्रियासिल अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता भुसालले सबै वाड वाडमा काग्रेस र भातृसंगठनको गठन तथा पनर्गठन गर्न निर्देसन दिनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य देबराज श्रेष्ठले सहमति र सहकार्यको बिकल्प नभएको बताउदै अर्घाखाँचीको बिकास निर्माणमा नेपाली काग्रेसको भुमिका पहिलो रहेको बताउनु भयो ।
कार्यक्रममा शिक्षकसंघका जिल्ला उपाध्यक्ष कृष्णप्रसाद पौडेल, नेबिसंघका मेघराज पाण्डे, भरतमणि भटर्राई,काग्रेसका चन्द्मान श्रेष्ठ, क्षेत्रिय प्रतिनिधि झुपलाल पौडेल, ठाकुरप्रसाद पाण्डे, महिला संघकी लक्ष्मी पाण्डे, दलित संघका मानबहादुर बिक, तरुण दलका नारायण प्साद पाण्डे, सोभाखर न्यौपाने, मानबहादुर पाण्डे, कृष्णप्साद बेल्बासे, मरेंगका सभापति ज्ञानबहादुर पाण्डे, सिमीचौरका सभापति बालकृष्ण श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम लक्ष्मीप्रसाद पाण्डेको सभापत्तिव , भरतमणि घिमिरेको संचालन र काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालको प्रमुख आतीथ्यतामा सम्पन्न भएको हो।