अर्घाखाँचीमा वृहत योग विज्ञान शिविर शुरु

– हरी प्रशाद भुसाल
यूएई डेस्क – विहानको समयमा त्यती चहल पहल नहुने टुडिखेल त्यस दिन विहान मिर्मिरेबाट नै निकै चहलपहलमय भएको थियो । उद्योग वाणिज्य संघका सचिव नेत्र भुसाल, पतन्जली योग समिति नेपाल, अर्घर्ााँचीका महामन्त्री हिम बहादुर जि.सी. -लेकाली), पतन्जली योग समिति नेपाल अर्घाखाँची जिल्ला महिला प्रभारी कमला कुँवर लगायतका केही साथीहरु मञ्चलाई ध्वजा पताकाले सिगार्न व्यस्त थिए भने केही साथीहरु स्टेज मिलाउदै । 
केही साउन्ड सिस्टम मिलाउदै थिए त केही सहभागिहरुले व्यायाम गर्नको लागि त्रिपाल विछ्याउदै । विहान ४ वजे देखी नै टुडिखेलमा चहल पहल निकै वढिसकेको थियो । सवै आ- आफ्नो काममा व्यस्त थिए । सेवा भावका साथ काममा तल्लिन थिए ।
प्रसङ्ग उद्योग वाणिज्य संघ अर्घाखाँचीको आयोजना र जिल्ला विकास समिति, अर्घाखाँची एवं पतन्जली योग समिति नेपाल अर्घाखाँचीको सहआयोजनामा सन्धिखर्कमा शुरु भएको निशुल्क योग विज्ञान शिविर उद्घाटन समारोहको हो ।
विहानको करिव साढे ५ को हाराहारीमा समय भएको थियो होला, सुमधुर स्वरका धनी नवकिरण भुसाल उद्घोषकको रुपमा झुल्किए । अनि औपचारिक कार्यक्रम शुरु गरे । उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठलाई उद्घाटन समारोहको अध्यक्षता गर्ने जिम्मा सुम्पदै उनले कार्यक्रम अगाडी बढाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरियो । त्यसैगरी विशिष्ठ अतिथीको रुपमा स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेल, प्रमुख प्रशिक्षक एवं केन्द्रीय महिला प्रभारीकी माता, र केन्द्रीय महिला प्रभारी एवं प्रमुख प्रशिक्षक हेमा ढुंगाना विशिष्ठ अतिथी रहेका थिए ।
त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे, राप्रपाका जिल्ला अध्यक्ष देवी बहादुर थापा, नेपाली जनता दलका जिल्ला अध्यक्ष हरि प्रसाद भुसाल, पत्रकार महासँघका जिल्ला अध्यक्ष शोभाखर पन्थी, सहायक प्रहरी नायव उपरिक्षक, सामुदायिक रेडियो अर्घाखाँचीका अध्यक्ष विष्णु प्रसाद खनाल, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु तथा जिल्लामा रहेका वित्तिय संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलो दिन करिव २०० जना सहभागीहरु रहेको आयोजकले जनाएका छन् । कार्यक्रम ७ दिन सम्म अर्थात भदौ ७ गतेसम्म विहान ५ वजेदखी ७ वजेसम्म सञ्चालन हुनेछ।