अफगानिस्तानका पूर्व राष्ट्रपति तथा उच्चस्तरिय शान्ति परिषद्का अध्यक्ष बुर्हनुद्दिन रब्वानीको विष्फोटनमा मृत्यु

काठमाडौ – अफगानिस्तानका पूर्व राष्ट्रपति तथा उच्चस्तरिय शान्ति परिषद्का अध्यक्ष बुर्हनुद्दिन रब्वानीको मंगलबार एक विष्फोटनमा मृत्यु भएको छ ।

दुई जना तालिवानी नेताहरुसंग आफ्नै घरमा छलफल गरिरहेको बेला उनी मारिएका हुन । ति तालिवानीहरु उनको हत्यामा संलग्न छन् की छैनन् भन्ने सम्बन्धमा स्पष्ट भएको छैन ।

उक्त शान्ति परिषद्ले अफगानिस्तानको बिद्रोही तालिवानीहरुसंग वार्ता गर्दै आएको थियो । रब्बानी अफगानिस्तानको विपक्षीको नेतृत्व गरिरहेका नेता पनि हुन् ।

राष्ट्रपति हमिद कारजाईले वार्ताको माध्यमबाट तालिवानी विद्रोहीहरुलाई शान्तिपूर्णबाटोमा ल्याउने आशाका साथ उक्त शा्न्ति परिषद्को गठन गरेको थियो । केही अघि रब्बानीले इरानमा एक धार्मिक सम्मेलनमा प्राज्ञिकहरुलाई आत्मघाती आक्रमणको बिरुद्धमा बोल्न आह्वान गरेका थिए । उनलाई पनि आत्मघाती आक्रमणमा मारिएको आशंका गरिएको छ ।