ईटालीमा भुकम्पबारे गलत पुर्वानुमान गरेका ६ जना बैज्ञानिकहरुलाई मुद्धा

ईटालीमा सन् २००९ मा गएको विनाशकारी भुकम्पबारे गलत पुर्वानुमान गरेको बारे ६ जना बैज्ञानिक र सरकारी अधिकारीहरुले अदालतमा मुद्धाको सामना गर्नुपरेको छ । ती बैज्ञानिक र सरकारी अधिकारीहरुले ६ दशमलव ३ रेक्टर स्केलको भुकम्प पुर्वानुमानको गलत ब्याख्या गर्दा लाक्येवला शहर र आसपासका क्षेत्रमा ३ सय ९ जनाको मृत्यु भएको अभियोजनकर्ताहरुले बताएका छन् ।


बैज्ञानिकहरुले भुकम्प कतिबेला जान्छ भन्ने बारेमा कुनै अनुमान गर्न नसकिने बताएका थिए । आरोपितहरुले भने भुकम्पको जोखिम बढी भएका क्षेत्रमा पनि भुकम्पका बारेमा विस्वासिलो पुर्वानुमान गर्नसक्ने कुनै गतिलो प्रविधि नभएको जिकिर गरेका थिए । बैज्ञानिकहरुको यही सूचनाको आधारमा भुकम्प जाने रात कयौं घरमै बसेका थिए । बैज्ञानिकहरुको पुर्वानुमान भरपर्दो नहुंदा सो रात घरमा बसेकाहरु मध्ये ३ सय ९ जनाको मृत्यु भएको थियो भने बाहिर निस्किएकाहरु बांचेका थिए ।


भुकम्प पुर्वानुमान गर्ने ६ बैज्ञानिकहरुमाथि मुद्धा लगाईएको बारे विश्वका ५ हजार बैज्ञानिकहरुले ईटलीका प्रधानमन्त्रीलाई खुला पत्र लेखी विरोध जनाएका छन् । मुद्धा लगाईएकाहरुमा कतिपय प्रबुद्ध बैज्ञानिकहरु पनि छन् । उनीहरुमाथिको अभियोग प्रमाणित भएमा १५ बर्षसम्म जेल र लाखौ युरो जरिवाना तिर्नुपर्ने हुनसक्छ ।