नासाको भुउपग्रह आज पृथ्वीमा खस्ने

(एजेन्सी) – अमेरिकी अन्तरिक्ष सस्था नासाले नियन्त्रण बाहिर गएको आफ्नो एक मौसमी भू उपग्रह आज पृथ्वीमा खस्ने बताएको छ ।
तर भूउपग्रह कहाँ र कुन समयमा खस्ने भन्ने बारेमा भने यकिन नभएको नासाले जनाएको छ । यद्यपि भूउपग्रह खस्नुभन्दा १२ घण्टा अघि भने खस्ने ठाउँ लगायतको बारेमा बढि जानकारी प्राप्त गर्न सकिने नासाको भनाइ छ ।
झण्डै ६ टन तौलको यो स्याटेलाइट खस्दा पृथ्वीमा क्षति पुराउने सम्भावना कम रहेपनि यसअघिका स्याटेलाइट भन्दा  बढि खतरनाक रहेको वैज्ञानिकहरुको भनाइ छ । भूउपग्रह वायुमण्डलमा प्रवेश गरेपछि घर्षणका कारण बल्ने र त्यसका टुक्रा ४-५ सय किलोमिटरको क्षेत्रमा फैलिने नासाले जनाएको छ ।