सायदी राजा अब्दुल्लाहद्धारा महिलालाई भोट खसाल्ने र स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने अधिकार दिइएको घोषणा

सायदी अरेवियाका राजा अब्दुल्लाहले महिलालाई भोट खसाल्ने र स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने अधिकार दिइएको घोषणा गरेका छन् । उनीहरुले परामर्शदात्री सुरा काउसिन्सलमा नियुक्त हुने अधिकार पनि पाउने छन् ।


 
यो समाचारलाई अति पुरातनपन्थी अधिराज्यमा महिलाका लागि थप अधिकारको माग गर्दै आएका कार्यकर्ताले स्वागत गर्नेछन् ।


 
नयाँ नियम आगामी वर्षदेखि लागू हुने राजाले बताएका छन् । राजा अब्दुल्लाहले सुरा काउसिन्सलको नयाँ कार्यकालको उद्घाटनका अवसरमा दिएको सम्बोधनमा यसबारे उल्लेख गरेका हुन् ।


 
सरिया कानुनमा समाजमा महिलालाई मताधिकार दिईएको छैन । वरिष्ठ धर्मगुरुहरु (उलेमा) सँगको छलफलपछि महिलालार्ई आगामी कार्यकालदेखि लागू हुने गरी सुरा काउसिन्सलमा सदस्यको रुपमा सहभागी गराउने निर्णय भएको छ । अब साउदीमा महिलाहरु स्थानीय निर्वाचनमा उम्मेदवार बन्न र भोट खसाल्न योग्य हुनेछन् ।


 
बीबीसीले यो घटनालाई महिलाको सन्दर्भमा साउदी अरेबियामा भएको असाधारण विकास भनेको छ । साउदीमा अझै महिलाहरुलाई गाडी हाँक्ने र एक्लै विदेश जाने अधिकार छैन ।