लिवियाको राजधानी ट्रिपोलीमा फेला परेको एउटा चिहानमा १२ सय ७० वटा शव फेला

लिवियाको राजधानी ट्रिपोलीमा फेला परेको एउटा चिहानमा १२ सय ७० वटा शव फेला परेको छ । यी शवहरु सन् १९९६ मा अबु सलीम जेलमा सुरक्षाकर्मीले मारेका व्यक्तिहरुको भएको लिवियाको अन्तरिम परिषद्ले दाबी गरेको छ ।

 

 सन् १९९६ मा कारागरको सुरक्षा गार्ड रहेका एक व्यक्तिसंगको सोधपुछ पछि यो सामूहिक चिहान पत्ता लागेको बताइएको छ ।

 

चिहानमा मानव कंकाल र कपडाहरु भेटिएको छ । कैदीहरुलाई उनीहरुकै कोठामा गोली हानेर मारिएको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

 

लिवियामा अबु सलीम जेलमा मारिएका बन्दीका परिवारको तर्फबाट मुद्धा लडिरहका वकिलको रिहाईलाई लिएर शुरु भएको विरोध प्रदर्शनले पछि कर्णेल गद्धाफीको शासन विरुद्धको आन्दोलनको रुप लिएको थियो ।