केन्याकी नोबेल शान्ति पुरस्कार विजेता वाङ्गारी माथाईको उपचारका क्रममा नैरोबीमा निधन भएको छ । ७१ वर्षिया माथाई क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
संरक्षण, महिला अधिकार, पारदर्शी शासनको पक्षमा काम गरे वापत उहांलाई सन् २००४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । माथाईको ग्रिन बेल्ट अभियान अन्तर्गत अफ्रिकामा करीब ३ करोड विरुवा रोपिएको थियो ।
नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकी महिला माथाई सन् २००२ को निर्वाचनमा विजयी भई केन्या सरकारको मन्त्री बन्नु भएको थियो ।